डीपीएल उपाधि अत्तरियालाई
धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ ।
दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो ।
उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो।
null
फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
यसअघि महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको थियो । अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै हराएर फाइनल पुगेको हो ।
यस्तै अत्तरियाले महेन्द्रनगरसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । बर्षाको कारण ६ ओभरमा झारिएको समूह चरणको खेलमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो ।
धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो ।