डीपीएल उपाधि अत्तरियालाई

धनगढी । तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । 

 दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले शनिबार भएको फाइनलमा शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो । 

उपाधिसंगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो। 

null

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । 

यसअघि महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर फाइनलमा पुगेको थियो । अत्तरियाले पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै हराएर फाइनल पुगेको हो । 

यस्तै अत्तरियाले महेन्द्रनगरसंग समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ । बर्षाको कारण ६ ओभरमा झारिएको समूह चरणको खेलमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो । 

धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ४ टोलीले प्ले अफमा स्थान बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *