‘महाकाली पुर्वका सम्पूर्ण भूभाग नेपालको हो’ रमेश लेखक

कात्तिक २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कालापानी नेपालकै भूभाग भएको भन्ने कुरामा कुनै अस्पष्टता र द्धिविधा नभएको बताएका छन् । उक्त कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले फिर्ता लिनुपर्ने लेखकको भनाई छ ।   

‘सिमा विवादबारे सबै दल एकमत छन् । अब भारतसँग नेपाल सरकारले उच्च राजनीतिक र उच्च कुटनीतिक तहमा छलफल गर्नुपर्छ ।’ उनले भने ।   

हिजोको बालुवाटारको सर्वपक्षीय बैठकले सरकारलाई शक्ति प्रदान गरेको उनको धारणा छ । उनले महाकाली नदीका पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको दाबी गरे । ‘कालापानी लगायतका क्षेत्रमा अहिले भारतीय सुरक्षा बल बसेको छ त्यो भूभाग नेपालको हो । त्यसमा कुनै दुईमत र विवाद छैन् ।’ 

Image may contain: 1 person, smiling

लेखकले देशको लागि अहिले ठूलो अवसर प्राप्त भएको सुनाए । ‘अहिलेको सरकार दुई तिहाईको बलियो सरकार छ । हिजोको बैठकबाट यो विषयमा सबै दलबीच एकमत धारणा बनेको छ । उच्च कुटनीतिक पहल गर्नुपर्छ भनेर आग्रह गरेका छौं ।’ उनले सरकारलाई अवसरसँगै अग्निपरीक्षासमेत सुरु भएको सुनाए ।   

उनले नेपालले आफ्नो भूभाग फिर्ता गराउन सम्पूर्ण कुटनीतिक र राजनीतिक शक्ति लगाउनुपर्ने धारणा राखे । ‘यो सरकारसँग ठूलो अभिभारा छ । सरकारलाई हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *