कोरोना परीक्षणलाई युद्धस्तरमा अगाडि बढाउन कांग्रेसको माग

चैत्र २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९) को परीक्षण युद्धस्तरमा अगाडि बढाउन सरकारसँग माग गरेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भएको र स्थानीय महिलामा संक्रमण देखिएसँगै कांग्रेसले यस्तो माग राखेको हो । 

शनिबार भारतबाट आएका दुई पुरुष र एक स्थानीय महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि कांग्रेसले एक विज्ञप्ति जारी गर्दै कोरोना परीक्षणलाई व्यापक बनाउन आग्रह गरेको हो। कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए। तर, सातौँ संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौँ’,   

स्थानीय महिलामा सतर्कता नपुगेकै कारण संक्रमण देखिएको भन्दै समयमै अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने परीक्षणको दायरा नबढाएका कारण खतरा झन् बढ्दै गएको उनले बताए । 

कांग्रेसले संक्रमित भएकाहरुको परिवारका सदस्य, छरछिमेकी र साथीहरुको तत्काल परीक्षण गर्नसमेत माग गरेको छ।  ‘सरकारलाई हाम्रो अपिल छ यसअघि संक्रमित देखिएका सबैका परिवारजन, छरछिमेकी र धुलमिल भएका साथी समूहको परीक्षण, तत्काल गरौँ’, विज्ञप्तिमा भनिएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =