आजराति अर्को कीर्तिमान बनाउने अवसर मेस्सीलाई

एजेन्सी । विश्व फुटबलका धेरै रेकर्ड बार्सिलोनाको लियोनल मेस्सी र युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको नाममा छन्। विश्व फुटबलका समर्थक यी दुईबीचको महान भन्ने बहस गर्ने हो भने कहिल्यै थाक्दैनन्। कोही मेस्सी महान भन्छन् अनि कोही रोनाल्डो।
अरु खेलाडिका लागि नयाँ रेकर्डभन्दा पनि यी दुईको रेकर्ड तोड्नु नै प्रमुख लक्ष्य बन्न थालेको छ । यी दुई जसले १० वर्षदेखि आधिपत्य जमाएका छन् फुटबलमा । उमेरले छाड्दै जाँदा पनि सदाबहार लयमा छन् मेस्सी र रोनाल्डो ।
null
यही क्रममा गत आइतबार मेस्सीले एउटा यस्तो रेकर्ड बराबरी गरेका थिए, जसले ला लिगामा एउटै क्लवबाट सबैभन्दा धेरै खेल जित्ने खेलाडीको सूचिमा उनलाई पनि समेट्याे । तर मंगलबार त्यो रेकर्ड आफ्नो नाममा लेखाउने अवसर छ मेस्सीलाई।
मंगलबार राति भिल्ला रियलको सामना गर्दैछ बार्सिलोनाले । लिगमा १० अंकको अग्रता जोगाउनका लागि मात्रै महत्वपुर्ण छैन यो खेल, मेस्सीको त्यो रेकर्डका लागि पनि उस्तै महत्वपुर्ण हुनेछ। बर्सिलोना यो सिजन पनि ला लिगाको उपाधि रक्षा गर्ने बाटोमा बलियोसँग उभिइसकेको छ।
रियलको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः१५ बजे खेल सुरु हुनेछ। मेस्सीले बार्सिलोनाका लागि खेलेका खेलहरुमध्ये हालसम्म ३ सय ७४ खेलमा जित निकालिसकेका छन् । यो भन्दा पहिला रियल मड्रिडका पूर्व गोलरक्षक इकेर कासियासले ३ सय ७४ खेलमा जित निकाल्दै ला लिगामा सर्वाधिक जित निकाल्ने खेलाडीको रेकर्ड बनाएका थिए।
लिगमा २९ खेल खेलेको बार्सिलोना ६९ अंकसहित शिर्ष स्थानमा छ । भिला रियल भने २९ अंकसहित लिगको १७ औँ स्थानमा छ । दोश्रो स्थानमा रहेको एथ्लेटिककाे मड्रिडले जिरोनासँग खेल्दा स्पानियोलले गेटाफेको सामना गर्नेछ।








