तीन महिनाभित्र एनसेलकाे लाभकर उठाउन सर्वोच्चको आदेश: लाभांश र शेयर बिक्रीमा रोक

 

चैत २६, काठमाडौं । सर्वोच्च अदालतले करदातालाई तीन महिनाभित्र एनसेलको सम्पूर्ण लाभकर उठाउन आदेश दिएको छ । 

एनसेल लाभकर सम्बन्धी मुद्दामा मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले एनसेलको लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन समेत रोक लगाएको छ । 

null

सर्वोच्चको आदेशअनुसार एनसेलको सञ्चालक कम्पनी एक्जियटाले अब करिब ४० अर्ब रुपैयाँ कर नतिरेसम्म नाफा लैजान पाउने छैन। 

‘एनसेलले मिति २०७३ बैशाख २६ गते र २०७ जेठ २१ मा पुँजीगत लाभकरवापत अग्रिम रुपमा कुल २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाईसकेकाले कर निर्धारण गरी कर असूल गर्नू’, सवोच्चद्वारा जारी आदेशमा भनिएको छ । 

एनसेलको १२ औं पटकको बिक्रेता टेलियासोनेरा नेपालबाट भागेपछि उसलाई नै लाभकरको दायित्व पन्छाइँदै आइएको थियो । 

बिक्रीबापतको लाभकर उसैले बुझाउने र त्यसको दायित्व आफूमा नभएको जिकिर एनसेल खरिदकर्ता आजियटा र एनसेलको थियो । सर्वोच्चले भने विपक्षी एक्जिएटालाई नेपालको कानून नचिनेको अवस्थामा एनसेललाई आफ्नो अंश–भाग बनाई नियन्त्रण गर्ने कुनैपनि कानून अधिकार नभएको भन्दै एक्जिएटालाई व्यापार, व्यवस्थापन, आर्थिक लाभ र क्रियाकलापमा संलग्न नर्गन पनि आदेश दिएको छ । 

https://drive.google.com/file/d/0B0Cevaw4ZeZ5U1dMZmpIb1BIVy1FbkpPdVlMeUxHOWl5Zy1F/view 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =