आजबाट सुरु भयो ‘खोलौँ बैंक खाता’ अभियान, प्रधानमन्त्रीका बाबुले गरे सुरुवात
२०७६ वैशाख २ गते

वैशाख १, काठमाडौं । सरकारले ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ देशभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ ।
नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट सरकारले सुरु गरेको यस अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा उद्घाटन गरेका हुन् ।
null
प्रधानमन्त्रीका बुवा मोहन प्रसाद ओलीले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोली अभियानको सुरुवात गरेका थिए ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार सरकारले बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा यो अभियान तथा कार्यक्रम सञ्चालनमा ल्याएको हो।
यो अभियान अन्तर्गत खोल्नेहरुलाई बैंकले एक सय रुपैयाँ आफैंले जम्मा गरिदिने छ ।
२०७६ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








