आर्यनको ‘च च हुई’ले मल्टिप्लेक्समा पायो न्यून शो

मंसिर ५, काठमाडौँ । भोली शुक्रबार देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘च च हुई’ ले मल्टिप्लेक्समा न्यून शो पाएको छ । कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा र मिरुना मगरको मुख्य भूमिका रहेको यस चलचित्रले हलिउड र बलिउड चलचित्रको कारणले मल्टिप्लेक्समा न्यून शो पाएको हो ।
बलिउडमा समेत खासै चर्चा नभएको ‘पागलपन्थी’ नामक चलचित्रलाई क्यूएफएक्सले भने सर्वाधिक शो दिएको छ । साम्तेन भुटियाले निर्देशन गरेको यस चलचित्रलाई क्युएफएक्समा जम्मा १३ शो मात्र उपलब्ध गराईएको छ ।
यस चलचित्रले काठमाडौंको क्युएफएक्समा ३ शो मात्र पाएको छ छ भने सिनेप्लेक्समा ३ शो, बागेश्वरीमा २ शो, भक्तपुरमा २ शो, जलमा २ शो, छायाँ सेन्टर १ शो, सिभिल मल १ शो, लविम मल १ शो र वान स्टपमा १ शो पाएकाे छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको यस चलचित्रमा विदेशमा काम गरिरहेका २ यूवालाई एउटा किताबले ल्याउने उतारचढावको कथामा चित्रण गरिएको छ । मानिसको जिन्दगीको पिङमा हुने च च हुईलाई चलचित्रको पर्दामा देखाइएको छ । लभ स्टोरी चलचित्र मात्रै खेल्दै आएका नायक आर्यनले यस चलचित्रमा भने दर्शकलाई हसाउँने भएका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा रहेको छ ।








