धरानमा खाजा पसल सञ्चालन गर्ने मान बहादुर राई १५ दिनदेखी बेपत्ता

धरान, ४ वैशाख । धरानको कल्याणचौकमा खाजा पसल सञ्चालन गर्दै आएका एक ब्यक्ति विगत १५ दिनदेखी बेपत्ता भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ३ घर भई हाल धरान ११ कल्याणचौक खाजा पसल गरी बस्ने ५६ वर्षिया मान बहादुर राई विगत १५ दिनदेखी बेपत्ता भएका हुन् । 

राई गत चैत्र १४ गते धरानबाट आफ्नो पुख्¥यौली घर उदयपुर हिडेको र त्यँहा राम्रैसंग पुगेको धरानमा रहेकी कान्छी श्रीमती रज्जु राईले बताइन् । श्रीमान्ले चैत्र १६ गते उदयुरबाट कोरियामा बस्ने २८ वर्षिया छोरीसंग फोनमा समेत कुराकानी गरी आफु सानोतिनो बिरामी भएको र सोही विरामी देखाउन चितवनको भरतपुर हिडेको बताएको कान्छी श्रीमती रज्जु राईले बताईन । 

 

null

श्रीमती राईका अनुसार बेपत्ता श्रीमान् छोरीलाई विरामी देखाउन जान्छु भनेर उपचार खर्चका लागी रकम मागेको र छोरीले केही समय पर्खिनु रकम पठाई दिन्छु भन्दै कोयिाबाट रकम पठाउन आफ्ना बुबालाई फोन गर्दा मोवाईल नलागेको र उदयपुर घरमा नै फोन सम्पर्क गर्दा उदयपुरबाट पहिला बस्दै गरेको धरान ११ कल्याण चौक नै गएको बताएपछि आफ्ना श्रीमान बेपत्ता भएको र खोजतलासको क्रम अगाडी बढाएको बताईन । 

बेपत्ता बनेका मान बहादुर राई आफन्त, छरछिमेकमा नभेटिएको पाइएको छ । परिवारलाई शंकास्पद लागेका स्थानहरुमा खोजी गर्दा समेत फेला नपरेपछि मंगलबार खोजीका लागि ईलाका प्रहरी कार्यलय धरानमा उजुरी दिएको राईकी कान्छी श्रीमतीले बताईन । बेपत्ता भएका मान बहादुरको ४ छोरी र २ छोरा रहेका छन् । 

 

बेपत्ता भएको थाहा पाउने बित्तिकै राईको जन्मघर उदयपुर र धरानको ईलाका प्रहरी कार्यलयमा समेत हराएको आफ्ना मान्छे खोजतलास गर्न पिडित परिवारले निवेदन दिईसकेका छन् । निवेदन पछि उदयपुर प्रहरी र ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सीनाले खोजतलासका लागी अनुसन्धान अगाडी बढाएको बताए । 

हराएका मानबहादुर राईको उचाई ५ फिट छ, भने सेतो कुर्तासुतिको पेन्ट, कालो जुत्ता, चस्मा समेत लगाएका छन् । यस्तो हुलीया भएको ५६ वर्षिया ब्यक्तिलाई जो कोहीले जुनसुकै अवस्थामा फेला पारेमा राईको श्रीमती रंज्जु राईको मोबाईल नम्बर ९८०७३०४६७३ वा नजिकको प्रहरी कार्यलयमा सम्पर्क गरिदिनुहुन श्रीमती राईले अनुरोध गरेकी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =