‘मल्टिमिडिया अवार्ड’ जितेपछि खुशी हुँदै अनुष्काले यसो भनिन्

मंसिर २७, काठमाडौँ ।  अनुष्का श्रेष्ठले  मिस वर्ल्ड २०१९ को शीर्ष ४० मा आफ्नो स्थान सुनिश्चित गरेकी छिन् । 

हाल बेलायतको लण्डनमा जारी मिस वर्ल्ड को ६९ औं संस्करणमा नेपालकी छोरी अनुष्काले मल्टिमिडियाको अवार्ड पाएसँगै यो स्थान  सुनिश्चित  गरेकी हुन् ।   

मल्टिमिडिया अवार्ड आफ्नो पोल्टोमा परेपछी उनले आफ्नो  आधिकारिक फेसबुक पेजमा एक भिडियो सेयर गर्दै उक्त कुराको जानकारी गराएकी हुन् ।   

Image may contain: 1 person, smiling

उनले सार्वजनिक गरेको भिडियोमा भनेकी छिन्  ‘नेपालले भर्खरै मल्टिमिडिया अवार्ड हात पारेको छ । यो अवसरमा फेसबुक, इन्स्टाग्राम, वेबसाइट, मोबस्टार मार्फत् भोट गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । बधाई तपाईंलाई, हामीलाई, नेपाललाई, नेपालीलाई र संसारभरी छरिएका नेपालका शुभचिन्तकलाई । धन्यवाद । यो हाम्रो जित हो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =