रत्ननगर खानेपानीको आम्दानी साँढे ३ करोड

कात्तिक २३, चितवन । चितवनको रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक वर्षमा ३ करोड भन्दा बढिको कारोवार गरेको छ । 

जसबाट करिव २ करोड बरावर सञ्चालन बचत गर्न सफल भएको छ । संस्थाको शनिबार आयोजित दशौं वार्षिक साधारण सभामा अध्यक्ष भीष्मराज पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७५÷७६ मा ३ करोड ४५ लाख २० हजार बराबरको आम्दानी गरेको उल्लेख छ । जसमा १ करोड ६६ लाख ५६ हजार खर्च कटाएर १ करोड ७८ लाख ६३ हजार रुपैया सञ्चालन बचत भएको अध्यक्ष पौडेलले बताए । रत्ननगर नगरपालिका भित्र शुद्ध खानेपानीको सेवा दिदै आएको सो संस्थाको हाल ८ हजार ६६७ घरधुरी उपभोक्ता छन् । 

आम्दानी अनुसार रत्ननगर खानेपानीले नगर भित्रका सुकुम्वासी,गरिब समुदायलाई धारा जडानमा ५० प्रतिशत छुट दिएको छ ।   

३ नम्वर प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद कञ्चन खनाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगर १२ का वडाध्यक्ष बीर बहादुर पाख्रिन, पिठुवा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष आशिक तामाङले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *