अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्छ र ?

प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त देखेर म यति खुशी भएँ कि प्रश्नोत्तर सोध्नै बिर्सिएछु । अरु साथीहरुलाई पनि त्यही पर्यो जस्तो छ ।   

सभामुखले नियमावली अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएकोे थियो । सभामुखले नियमावली मिच्नुहुन्न मलाई विश्वास छ । म भिडियो रेकर्ड पनि चेक गर्दिन ।   

लोकतन्त्रका लागि लडेको सरकार हो भन्नुभयो प्रधानमन्त्रीले । प्रधानमन्त्रीको वाम आन्दोलन, त्यसपछिको लोकतान्त्रिक आन्दोलन र संघर्षमा रहेको योगदानको सम्मान गर्छु । तर सरकार लडेको होइन । लड्या मानिसहरुले बनाएको सरकार होला । तर एकपल्टको लडाईँले जीवनभरी जेपनि गर्नलाई लाइसेन्स दिँदैन ।   

Image result for संसदमा मिनेन्द्र रिजाल

कांग्रेस सांसद मिनेन्द्र रिजाल

हिजो प्रजातन्त्रका लागि लड्नेहरु पञ्चायतमा पनि गए । वाम आन्दोलनका लागि लड्नेहरु घुँडा टेके । र एउटा लडाईँले सदैव त्यो अधिकार दिन्नँ ।   

एउटा कुरा खुशी लाग्यो । प्रधानमन्त्रीले भन्नुभयो, अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्रीज्यू, यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ? यसपल्ट सम्म त यही सरकार हो भन्दा तरंग चाहीँ सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ, सत्ताभित्र कोही तरंगित नभाहोस् ।   

एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तीथि मिति तोकेर व्यक्तिगत निन्दा पनि गर्ने सत्तापक्षका सांसदहरु अब घाँटी सुकाइ सुकाइ आधार वर्ष हो भनेर भन्न थाल्नुभाछ ।   

प्रधानमन्त्रीज्यू, आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी नगर्नुस् । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३५ अर्ब कम खर्च भयो । संशोधित अनुमान भन्दा कम खर्च भयो । अर्थमन्त्रीज्यू पुरानो मेरो मित्र हुनुहुन्छ । कार्यसम्पादन करार गर्नु भएको होला । चिन्ता उहाँको पो लाग्न थाल्यो । प्रधानमन्त्रीज्यूको टिप्पणी सुन्दा ।   

तर प्रधानमन्त्रीज्यू, तपाईँले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औँला उठाउनु होला । मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्रीज्यु । त्यतिमात्रै होइन, संसदले गरेको थियो कार्य सम्पादन करार ।   

अघिल्लो वर्ष बजेट कार्यसम्पादन करार संसद र सरकारको पुरा गर्न सक्नुभएन प्रधानमन्त्रीज्यु । यो परीक्षामा असफल भइसक्नुभयो । आउने दिन सफलता होस्, शुभकामना व्यक्त गर्छु । सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *