अजाक्सले डच लिगको उपाधि जित्दै बनायो कीर्तिमान
एजेन्सी । अजाक्सले डच लिगको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा डी ग्राफ्स्चेपलाई ४–१ ले पराजित गर्दै अजाक्स घरेलु लिग डच एरिडिभिजीको उपाधि जितेको हो ।
सन् २०१४ पछि अजाक्सले पहिलोपटक घरेलु लिगको उपाधि जितेको हो । अजाक्सको जितमा ताडिकले दुई गोल गरेका थिए । अजाक्सले खेलको ३७ औं मिनेटमा अग्रता लिएको थियो । स्चोनीले सो गोल गरेका थिए । सो अग्रतालाई डी ग्राफ्स्चेपले खेलको ४० औं मिनेटमा एल जिब्लीको गोलमा बराबरी गर्यो । सो बराबरीको नतिजा खेलको ४४ औं मिनेटमा ताग्लिएफिकोले गोल गर्दै तोडे र पहिलो हाफ २-१ को अजाक्सको पक्षमा रह्यो ।
null
त्यसपछि खेलको दोश्रो हाफमा अजाक्सले २ गोल गरेपछि म्याच ४–१ ले जित्दै उपाधिमाथि कब्जा जमायो । अजाक्सका लागि ताडिकले खेलको ६७ र ८७ औँ मिनेटमा गरे । अजाक्सले यस सिजनमा डच कपको उपाधिसमेत जितेको छ । यसरी घरेलु लिग र डच कप दुबै उपाधि जित्ने अजाक्स पहिलो डच क्लब बनेको छ ।