नायक राजबल्लभ कोइराला पिता बन्दैः सार्वजनिक गरे बेबी बम्पको तस्बिर

पुस १४, काठमाडौँ ।  २ वर्ष  अघि अमेरिका निवासी प्रेमिका प्रतिमा विमलीसँग लगनगाँठो कसेका नायक राजबल्लभ कोइराला पिता बन्ने भएका छन् ।   

आफू पिता बन्न लागेको कुरा उनले सामाजिक संजाल मार्फत श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सेयर गरेर सार्वजनिक गरेका हुन् ।   

उनले तस्बिरका साथ स्टाटस अपडेट गर्दै लेखेका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला ।’ उनले लेखेका स्टाटसले यो अनुमान लगाउन सकिन्छ की उनको श्रीमतीले छोरीलाई जन्म दिन लागेकी हुन् ।     

चलचित्र ‘पर्खि बसे’बाट नेपाली सिनेमामा डेव्यु गरेका कोईराला केही बर्ष अगाडि चलचित्र  ‘हाइवे टु धुम्पुस’को कामको सिलसिलामा  अमेरिका पुगेपछी त्यसपछि भने नेपाल नै फर्केनन् । 

उनले त्यही  २०७४ सालको मङ्सिरमा बायो मेडिकल इन्जिनियर विमलीसँग बिवाह गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =