अवैध रकमसहित भारतीय नागरिक पक्राउ

२६ माघ, काठमाडौं । आईतबार पर्सामा अवैध रकम सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   

पर्साको वीरगञ्जको रजतजयन्ती चोकमा भारतको मोतिहारी जिल्लाको पूर्वी चम्पारण रक्सौल डुमरिया टोल बस्ने ५० वर्षीय सुरेश महत्तो पक्राउ परेका हुन् ।   

अवैध वित्तिय कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनलाई प्रहरीले  बीआर ०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा भारतको रक्सौलबाट वीरगञ्ज  आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।   

पक्राउ परेको उनको साथबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल उनीमाथी कारवाहीको लाथि  थप अनुसन्धान अघि बढाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =