यु-१९ एसिया कपका लागि आरिफ सेखको कप्तानीमा नेपाली टिम घोषणा

काठमाडौं, असोज १० । बंगलादेशमा २९ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म हुने यु-१९ एसिया कप क्रिकेटका लागि नेपालले १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रतियोगिताका लागि मंगलबार आरिफ सेखको कप्तानीमा नेपाली टिमको घोषणा गरिएको हो।

नेपाली टिमको छनोट प्रशिक्षक विनोद दाससहित सुनोज भट्टराई र राजु खड्काले गरेका थिए। टिमको उपकप्तानको जिम्मेवारी कमलसिंह ऐरीले पाएका छन्। टिममा रोहितकुमार पौडेल, रवि साह, नन्दन यादव, रीत गौतम, पवन सर्राफ, रवीन्द्रजंग शाही र रसिद खानले स्थान बनाएका छन्।

त्यस्तै, भीम सार्की, त्रितराज दास, सन्दीप जोरा, सागर ढकाल, अर्जुन ऐरी र सूर्य तामाङले पनि अन्तिम १५ मा स्थान बनाए। नेपाली टिम बिहीबार बंगलादेश प्रस्थान गर्नेछ।

उमेर समूहको प्रतिष्ठित प्रतियोगितामा नेपाल गतिलो प्रदर्शन गर्न असफल हुँदै आएको छ। यसपटक केही राम्रो गर्ने विश्वास प्रशिक्षक विनोद दासले लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =