हिम्मतपुर जङ्गलमा महिलाको शव फेला

“कञ्चनपुर, असोज ९ ।  लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ ।

पहिचान खुल्न नसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =