प्रधानमन्त्रीको उपचार खर्च सरकारले नबेहोर्ने
२०७६ साउन २० गते

साउन १९, काठमाडौं । सिंगापुरको उपचार खर्च प्रधानमन्त्री आफैँले व्यहोर्ने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वास्थ्य परिक्षणका लागि शनिबार राति सिंगापुर गएका प्रधानमन्त्रीको टिकट खर्च मात्रै सरकारले व्यहोर्ने बताए ।
null
सरकारले विदेशमा उपचार गर्न जाने भिभिआईपी तथा भिआईपीलाई उपचार खर्च नदिने कार्यविधि बनाएको स्मरण गराउँदै सञ्चारमन्त्री बाँस्कोटाले भने, ‘आफ्नो उपचार प्रधानमन्त्री स्वयम्ले व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्री र परिवारको सदस्यको हकमा सबै उहाँहरुकै खर्च होयसमा कुनै अलमल वा भ्रम छैन ।’
यस्तै उनले कर्मचारी संयन्त्र बाहेक अरु कसैको टिएडिए स्वीकृत नगरिएको पनि जानकारी गराए । उनले भने, ‘सरकारी कर्मचारीको खर्च, हवाई खर्च, बसोबास खर्च सरकारले स्वीकृत गरेको छ । बाँकी सबै निजी खर्च हुनेछ ।’
२०७६ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








