ब्रुनो फेर्नान्डेसको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेड विजयी
२०७६ फागुन १२ गते

फागुन १२, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे । जितसँगै युनाइटेड प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ ।
म्यानचेस्टर युनाइटेड २७ खेलमा ४१ अंक छ भने वाटफोर्डको २७ खेलपछि २४ अंक छ भने उ रेलिगेसन जोनमा रहेको छ ।

२०७६ फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित








