ब्रुनो फेर्नान्डेसको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेड विजयी

फागुन १२, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युनाइटेडले वाटफोर्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, एन्थोनी मार्सियल र मासुन ग्रिनवुडले एक एक गोल गरे । जितसँगै  युनाइटेड प्रिमियर लिग फुटबलको पाँचौं स्थानमा उक्लिएको छ । 

म्यानचेस्टर युनाइटेड २७ खेलमा ४१ अंक छ भने वाटफोर्डको २७ खेलपछि २४ अंक छ भने उ रेलिगेसन जोनमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =