आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाद्वारा नेपालसामु ३६ रनको लक्ष्य
२०७६ माघ २९ गते

माघ २९, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
टी यू क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ३५ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले अमेरिकालाई ३५ रनमै अल आउट गरेका हुन् । सन्दिपले ६ विकेट लिँदा सुशनले ४ विकेट लिए ।
यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।
.jpg)
केहीबेरमा नेपालले जवाफी व्याटिङ गर्ने छ ।
२०७६ माघ २९ गते
प्रतिक्रिया
सम्बन्धित








