आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाद्वारा नेपालसामु ३६ रनको लक्ष्य

माघ २९, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र अमेरिकाबीचको खेल जारी छ ।   

टी यू क्रिकेट मैदानमा  टस हारेर व्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ३५ रन बनाएको छ । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले अमेरिकालाई ३५ रनमै अल आउट गरेका हुन्  । सन्दिपले ६ विकेट लिँदा सुशनले ४ विकेट लिए । 

यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । 

केहीबेरमा नेपालले जवाफी व्याटिङ गर्ने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =