अमेरिकामा गोली चल्दा एक नेपाली महिलाको मृत्यु

काठमाडौं, असोज ६ । अमेरिकाको मेरिल्यान्डस्थित राईटएड औषधि बितरण केन्द्रमा हिजो एक महिलाले आफ्नै सहकर्मीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा एक नेपाली महिला सहित अन्य तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय मेरिल्यान्ड निवासी नेपाली मूलका ह्यारी भन्डारीलाई उदृत गर्दै एसोसिएट प्रेसले गोली लागी मृत्यु हुनेमा नेपाली मूलकी ४१ बर्षिया वृन्दा गिरी समेत भएको जनाएको छ। नेपाली मूलका ह्यारी भन्डारी स्थानीय मेरिल्यान्डका वासिन्दा र स्टेट डेलिगेटका प्रत्यासी हुन। बिगत १० वर्ष देखी आफुले बृन्दा गिरीको परिवारलाई चिन्दै आएको समेत भन्डारीले संचारकर्मीहरूलाई बताएका छन।

अरू झै सुखी जीवनकालागी गत अप्रिल महिनामा मात्र नेपालबाट अमेरिकामा बसाई सरेकी बृन्दा गिरीका पति र दुई सन्तान भएको जनाईएको छ।

हिजो बिहीबार बिहानको सुटिड्गमा बन्दुक चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ। त्यस्तै अन्धाधुन्ध चलेको गोलीबाट अन्य तिनजना समेतको मृत्यु भएको छ।उक्त घटनामा घाईते भएका र उपचार हुदै गरेकाहरूको परिचय खुलाईएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =