नेकपा सांसदले भनिन्–गुठी विधेयकविरुद्ध मण्डला घेर्न आउने भाडाका मान्छे हुन्
२०७६ असार २ गते

असार १, काठमाडौं । सत्तारूढ दलकी सांसद गंगा चौधरी (सत्गौवा) ले गुठी विधेयकविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्न उक्साएको आरोप लगाएकी छिन् ।
आइतबारको प्रतिनिधि सभाको विनियोजन शीर्षमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले विपक्षी दलमाथि यस्तो आरोप लगाएकी हुन् ।
null
संसदमा उनले भनिन्, ‘गुठी विधेयकको विरोधमा मण्डला घेर्न आएकाहरु भाडाका मान्छे हुन् । तिनीहरुको कुरामा लागेर गुठी विधेयक फिर्ता गर्दै उत्पीडनमा परेका गरिबहरूको पेटमा लात हान्ने कोशिस नगरियोस्,’
समावेशी लोकतान्त्रिक गणतन्त्र, समावेशी नेपाल आजको आवश्यकता अनुरूप गुठी विधेयक संसदमा पेश भएको तर त्यसलाई तुहाउने काम भएको उनको भनाइ छ ।
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








