भोक चार्जिङ प्रविधिः ओपोको तिब्र गतिको चार्जिङ प्रविधि

भाद्र १, काठमाडौं । स्मार्टफोनको बहुआयामिक चारित्रिक विशेषता तथा असंख्यक उपयोगिताका कारण अहिले यसको पहिचान फोन गर्ने वा उठाउने तथा सन्देश पठाउने साधनका रुपमा मात्र सिमित छैन ।

दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिताका कारण अहिले स्मार्टफोनको ब्याट्रीलाई पनि यसको एक प्रमुख अंगका रुपमा लिइन्छ । साधारणतया ठूला ब्याट्री भएका फोन स्वभाविक रुपमा लोमो समयसम्म टिक्छ । तर, तिनलाई पूर्ण रुपमा चार्ज गर्न समयपनि उत्तिकै लाग्छ । यही समस्याको समाधानका लागि विभिन्न फास्ट चार्जिङ प्रविधिहरु विकसित गरिएका हुन् ।

फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ । यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशत चार्ज गर्ने क्षमता राख्छ, जुन वास्तवमै आश्चर्यजनक छ । साथै, भरखरै सार्वजनिक ओपो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =