राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेकमा रक्तदान

पुस २०, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गएको बुधबार रक्तदान गरेको छ ।
४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिङ कलेज परिवारको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । रगतको अभावलाई केही मात्रामा भए पनि समाधानका लागि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल इन्जिनियरिङ कलेज विद्यार्थी कल्याण शाखाका प्रमुख तथा कलेजका एसोसिएट प्रोफेसर संकल्प पोखरेलले बताए ।

रक्तदान कार्यक्रम व्यवस्थापन संयोजक आशिश कैनीका अनुसार कार्यक्रममा कलेजका प्रोफेसर, कर्मचारी, शिक्षकका साथै अन्य सर्वसाधारणले रक्तदान गरेका थिए ।
रक्तदानसँगै सरसफाई कार्यक्रम गरिएको थियो । विद्यार्थीले कलेजका विभिन्न ठाउँंहरुमा सरसफाई गर्नुका साथै २० ठाउँंहरुमा डस्टविन पनि राखेका थिए ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका थिए । कार्यक्रममा प्रदेश नं ३ का नवनिर्वाचित सभाषद कृष्णलाल भँंडेल, नेपाल दरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतको सहभागिता रहेको थियो ।








