पञ्चाङ्ग र राशिफलः आज यी राशीका मानिसको भाग्य चम्किने

मंसिर ४, काठमाडौँ । वि.सं. २०७६ मंसिर ४। बुधबार। इ.स. २०१९ नोभेम्बर २०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। अष्टमी, ११:४३ उप्रान्त नवमी। नक्षत्र– मघा, १९:०० बजेउप्रान्त पूर्वफाल्गुनी।  

योग– ऐन्द्र, १९:०२ बजेउप्रान्त वैधृति। करण– कौलव, ११:४३ बजेदेखि तैतिल, २२:३४ बजेउप्रान्त गर। आनन्दादिमा चर योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:२९ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ७ पला। गोरखकाली पूजा। बुधाष्टमी। भैरव–अष्टमी। 

आजको राशिफलआजको राशिफल 

null

मेषसुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

वृषराजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । मेहनत र इमानदारिताले सफलता पाईन सक्छ । 

मिथुनहर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रेमी तथा आफन्तको सहयोग प्राप्त हुनेछ । 

कर्कटलाभदायक यात्रा हुनेछ । परिवार संग रमाइलो भेटघाट रहला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । 

सिंहधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । 

कन्याअधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अवसरहरू गुम्न सक्छन् । 

तुलाअनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा शत्रु क्षयपनि होलान् । 

वृश्चिकवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । 

धनुशुभारम्भको योग छ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । 

मकरआज मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मेहनत र इमानदारिताले सफलता पाईन सक्छ । 

कुम्भशुभ कार्यमा सरिक भईनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । 

मीनजोश जाँगर र हिम्मत बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =