आन्दोलनरत राहत शिक्षकमाथि अश्रुग्यास प्रहार, केही शिक्षक घाइते

 

फागुन २०, काठमाडौँ । बानेश्वरमा आन्दोलनरत राहत शिक्षकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । 

आन्दोलनरत राहत शिक्षकलाई प्रहरीले सुरुमा पानीको फोहोराले तितरबितर पार्न खाेजेकाे थियाे तर निषेधित क्षेत्र तोडेर जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास र पानीको फोहोराले केही शिक्षक घाइते भएका छन्। घाइते मध्ये एकजना बेहोस भएका छन्। 

null

सोमबार माइतीघरबाट सुरु भएको शिक्षकको जुलुस बानेश्वर पुगेको थियो। त्यहाँ प्रहरीले रोक्ने र शिक्षकहरुले तोडेर जाने क्रममा धकेलाधकेल समेत भएको थियो । 

राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्। आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै उनीहरु आक्रोशित छन्। 

नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा जारी विरोध प्रदर्शनमा सहभागी राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =