उपनिर्वाचनमा नेकपाले खाता खोल्यो, थवाङमा नेकपा विजयी
२०७६ मंसिर १४ गते

मंसिर १४, काठमाडौं । उपनिर्वाचनमा नेकपाले विजयी शुरुवात गरेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको हो । गत निर्वाचनमा यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।
आज शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत हासिल गर्दै विजयी भए । यो वडामा कुल मतदाता १२८४ रहेकोमा २०९ मत मात्र खसेको थियो । मतदानमा १६.४ प्रतिशत जनता सहभागी भए ।
बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत हासिल गरे । यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।

२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








