नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरियो
२०७६ चैत १३ गते

चैत्र १३, काठमाडौं । काठमाडौँ प्रवेशको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा कीटनाशक औषधि छरिएको छ ।
चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले आज नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छर्केका हुन् ।
नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा कीटनाशक औषधि छर्किएको जानकारी दिए ।

‘कीटनाशक औषधि छर्किएसँगै मुख्य राजमार्गमा हुने कीटाणु उड्न पाउँदैनन्’, उनले भने । नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै आज बिहानैदेखि नगरपालिकाभित्र माइकिङ गरिएको उनले जानकारी दिए ।
नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत सङ्कलनसमेत अगाडि बढाएको छ ।
२०७६ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








