विप्लव नेताको घरमा प्रहरीको छापाः कार्यकर्तामाथि गोली प्रहार, ठूलो संख्यामा हतियार बरामद

फागुन २३, काठमाडौँ । कपिलवस्तुमा प्रहरीले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका एक नेतामाथि गोली प्रहार गरेको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका ९ सुन्दरजाडमा रहेको घरमा छापा मार्न खोज्दा भाग्न खोजेपछि प्रहरीले विप्लव नेता दुर्गाबहादुर रोकामाथि गोली प्रहार गरेको हो । प्रहरीको गोली लागि नेता दुर्गाबहादुर घाइते भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ । 

प्रहरीले उनको घरबाट अत्याधुनिक २ थान एसएमजी, चाइनिज पेस्तोल, एसएमजी २ थान, म्यागेजिन ३ वटा, ६८ थान गोली, एन १६ हतियारका १ सय २९ वटा गोली, पेस्तोल २ थान, रिमोट १ थान लगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको छ । प्रहरीले अप्रेसन जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रविन्द्र रावतले जानकारी दिए। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =