प्रधानमन्त्री ओली तेस्रो पटक डायलासिस गर्न ग्राण्डी अस्पतालमा

कात्तिक ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल जाँदैछन् । उनी मृर्गौलाको तेस्रोपटक डायलाइसिस गर्न ग्राण्डी जान लागेका हुन् ।
बालुवाटार स्रोतका अनुसार राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न हो । त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको मृर्गौलामा पछिल्लो समय समस्या देखिएको छ ।

प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । साउन २७ गते स्वदेश फर्किएका उनले भदौ ५ मा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।
प्रधानमन्त्रीको पछिल्लोपटक डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला प्रत्यारोपण गराउने विषयमा चिकित्सकहरूले छलफल गरिरहेका छन् ।








