आईपीएल: चेन्नईको अनुभव अगाडी निरिह बन्यो दिल्ली

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत चेन्‍नई सुपर किङ्स फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्‍नई फाइनलमा प्रवेश गरेको हो । 

दिल्लीले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्‍नईले १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । चेन्‍नईको जितमा सेन वाट्‍सन र फाफ डु पेल्सीसले अर्धशतकीय पारी खेले । दुबैले समान ५० रन बनाएका थिए । 

 

null

फाफले ३९ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए भने वाट्‍सनले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाए । त्यसैगरी अम्बायती रायडुले १९, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ५ रन बनाए । 

दिल्लीका लागि अमित मिश्र, अक्षर पटेल, इसान शर्मा र ट्रेन्ट बोल्टले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । 

दिल्लीका लागि रिशभ पन्तले सर्वाधिक ३८ रन बनाए । २५ बल खेलेका उनले २ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाएका थिए । त्यस्तै कोलिन मुन्रोले २७ रन जोड्दा शिखर धावनले १८ तथा कप्तान श्रेयश ऐरले १३ रन बनाएका थिए । 

बलिङतर्फ चेन्नईका लागि हर्भजन सिंह, रवेन्द्र जडेजा, दीपक चहार र ब्राभोले समान दुई दुई विकेट लिए भने इमरान तहिरले एक विकेट लिएका थिए । चेन्‍नईले अब उपाधिका लागि यसअघि नै फाइनल पुगेको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =