सनसिटी अपार्टमेन्ट तीन मध्ये २ जनालाई कोरोना संक्रमण पुष्टि, एउटाको रिपोर्ट आउन बाँकी

बैशाख २, काठमाडौं । राजधानीमै कोरोना संक्रमणको पुष्टि भएपछि उपत्यकामा संक्रमणको त्रास फैलिएको छ । योसँगै सरकारले लकडाउनलाई अझ कडा बनाएको छ ।   

हिजो पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना भाइरसको संक्रमणको आशंकामा आरडिटी गरिएकोमा आज पिसिआर गरिएकोमा ती मध्ये दुईलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

सोमबार उनीहरुलाई आरडिटी गरिएपछि पाटन अस्पताल लगिएको थियो । हिजै थप परीक्षण गर्न उनीहरूको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पिसिआर मेसिनमा गरिएको परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको स्रोतको दावि छ ।   

 अपार्टमेन्टमा तीन जना पोजिटिभ देखिदैमा आत्तिहाल्नु पर्दैन, पीसीआर रिपोर्ट नेगेटिभ आउन सक्छ !

स्रोतका अनुसार पाटन अस्पतालमा भर्ना भएका आमा र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको छ । बुहारीको भने रिपोर्ट आइसकेको छैन । अहिले तीन जना कोरोनाको आशंका देखिएपछि झन्डै पाँच सय परिवार बस्ने पेप्सीकोलाको सनसिटी अपार्टमेन्टलाई सोमबार साँझ नै सिल गरिएको छ । 

उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ । भने उनिहरुसँग कन्ट्याक्टमा रहनेको ट्रेस गर्ने कार्यपनि अगाडी बढाइएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =