ब्याडमिन्टन संघलाई प्रतिभा सम्मान पुरस्कार

मंसिर ११, काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक बर्ष प्रदान गर्दै आईरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्रकारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार बिश्वकर्माले यस बर्ष संघतर्फको पुरस्कार ब्याडमिन्टन संघलाई प्रदान गरे । नगद १ लाख सहित प्रशंसा पत्र संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले ग्रहण गरे । 

राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गर्ने खेलाडीहरुमा करण केसी (क्रिकेट), रजनी श्रेष्ठ (शारीरिक सुगठन), सावित्रा भण्डारी (फुटबल), भुवन सार्की (तेक्वान्दो), हिमाल अर्याल (पारा क्रिकेट), अनु अधिकारी (कराते), विक बहादुर थामी (कराते) रहेका छन् । 

null

यस्तै प्रशिक्षक तर्फ जगदिश भट्ट (भलिबल), निर्णायक तर्फ सुदिश पाण्डे (फुटबल), ब्यवस्थापक तर्फको पुरस्कार शैलेन्द्र राउत (प्याराग्लाईडिङ्ग) रहेका छन् । 

प्रत्येक पुरस्कृतले नगद १ लाख सहित प्रशंसा पत्र प्राप्त गरे । खेलाडी तर्फ अनु अधिकारी र विक बहादुर थामीले ५०/५० हजार प्राप्त गरे । पुरस्कार छनोट समितिले दिईएको अंकका आधारमा दुवैले समान अंक प्राप्त गरेकाले दुवैलाई ५०/५० हजार प्रदान गरिएको समितिका सदस्यले जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =