गरिबी निवारण कोषका उपाध्यक्ष थापाले दिए राजीनामा

“काठमाडौं, भदौ २१ । गरिबी निवारण कोषका उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा घरायसी कारणले कोषमा काम गर्न नसक्ने उल्लेख गरिएपनि विवादमा तानिएपछि राजीनामा दिएका हुन् ।

कोषको करिब ३१ अर्ब रुपैयाँको हिसाबकिताबको अभिलेख रहेको सफ्टवेयर नष्ट भएपछि उनी विवादमा तानिएका थिए ।

थापाले कोष अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएका हुन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =