भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट
२०७५ फागुन २९ गते

चितवन, २९ फाल्गुन । भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालयको भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
विस्फोट गराउनेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी भएको छ ।
null
विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिबन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
२०७५ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








