बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष राउत पक्राउ

पुष ६, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्षलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।   

सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष अमिरीलाल राउतलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =