बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष राउत पक्राउ
२०७६ पुस ६ गते

पुष ६, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्षलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

२०७६ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








