ला लिगा: बेन्जिमाले रियल मड्रिडलाई हारबाट जोगाए
२०७६ वैशाख ३ गते

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले लेगानेससँग बराबरी खेलेका छ । सोमबार राति भएको खेलमा रियल लेगानेससँग एक एक गोलको बराबरीमा रोकिएको हो । लेगानेसको मैदानमा भएको खेलमा रियललाई करिम बेन्जिमाले हारबाट जोगाएका थिए ।
खेलको पहिलो ४० मिनेट गोलरहित बराबरी भएको खेलको ४५ औं मिनेटमा जे सिल्भाले गोल गर्दै घरेलु टिम लेगानेसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै अर्थात ५१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । त्यसपछि दुबै टिमबाट थप गोल हुन नसकेपछि रियल बराबरीमा रोकिएको हो ।
null
यो बराबरीले रियल शीर्ष दुईमा रहेको एट्लेटिकोसँगको दूरी कम गर्न पनि असफल रह्यो । रियलको ३२ खेलमा ६१ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७४ र एट्लेटिकोको ६५ अंक छ ।
२०७६ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








