अटेरी नगरौं, आफन्तको शव हेरेर रुन पनि पाइन्न : संचारकर्मी चन्द

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश नेपाली जनताको पक्षमा सह्रानीय कदम हो । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले मंगलवारबाट देशभर लकडाउन गर्ने निर्णय गरेको थियो । विश्व कोरोनाभाइरस (कोभिड – १९) को महामारीको चपेटामा छ ।   

कोरोना कहरबाट जोगिन विश्वका कतिपय देशले सिमाना बन्द गरेका छन् भने कतिले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । कतिपय देशले त संकटकालको समेत घोषणा गरेका छन् । 

विश्वका शक्ति राष्ट्रहरु पनि कोरोना भाइरसको महामारीसँग जुध्न संघर्षरत छन् । हाम्रो जस्तो गरिब मुलुकमा कोरोना भाइरस फैलन थाल्यो भने चैत वैसाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्नु उचित देखिन्छ ।   

surya chand1.jpg

हामीसंग कोरोनासँग लड्ने कुनै पनि पर्याप्त श्रोत साधन छैन । हामीले अहिले सचेतना अपनाउनुपर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउदैनन, दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भयावह हुन सक्छ तसर्थ हामी सम्पूर्ण जनता मिलेर लकडाउनलाइ पूर्ण समर्थन गरौ अनावश्यक रुपमा घर बाहिर ननिस्कौँ। 

दैनिक मजदुरी गरेर पेट पाल्ने गरिब तथा श्रमजीवी जनताहरुको लागि यथासक्य सरकारले राहतको प्याकेज ल्याएर खाद्यान्नको व्यवस्था गर्नु पर्ने देखिन्छ नत्र हामी नेपाली जनता कोरोना भाइरस संगै भोकमरीको चपेटामा पर्ने पनि निश्चय छ । तसर्थ म सरकार संग के आग्रह गर्न चाहन्छु भने जति सक्दो चाँडो ज्यालादारी गर्ने न्यून आय आर्जन भएर जीविकोपार्जन गर्नेहरुको लागि राहत प्याकेज ल्याइयोस । 

हामीले समयमानै सचेतना तथा साबधानी अपनाउन सकेनौ भने भोलिको भविष्य अन्धकारमय हुनेछ । आपत्कालीन अवस्थामा आमनागरिकको जीउज्यान रक्षाको लागि ‘लकडाउन’ घोषणा गरिन्छ । ‘लकडाउन’ को सीधा अर्थ बन्द, तालाबन्दी वा ठप्प हो । जुन गाउँ, सहर, क्षेत्र, संस्था वा देशमा लकडाउन गरिएको हुन्छ, त्यो भूभाग ठप्प वा बन्द गरिएको हुन्छ । 

त्यस्तो अवस्थामा अनावश्यक रुपमा कसैलाई घरबाट बाहिर निस्किने अनुमति हुँदैन । नागरिकलाई औषधि र खाद्यान्न आपूर्तिका लागि मात्रै घरबाट बाहिर जान दिइन्छ । 

महामारी कोरोना भाइरसलाई रोक्ने सन्दर्भमा ‘लकडाउन’ भनेको आमनागरिक आफ्नो घरमै बस्नु हो । यो एक किसिमको सार्वजनिक विदाको अवस्था हो । ‘लकडाउन’ सम्बन्धित सरकार, सार्वजनिक निकाय वा प्रशासनले घोषणा गर्ने गर्दछ । तसर्थ सरकारले पनि जनताको पिडालाइ ध्यानमा राखेर अत्यावश्यक खाध्यान्न, औषधि उपचारलाइ सहजीकरण गर्नु पर्ने देखिन्छ भने जनताले पनि लकडाउनको आदेशलाइ पूर्ण रुपमा पालना गरेर आफु, आफ्नो परिवार, समाज र सिंगो मुलुकलाइ कोरोना भाइरसको संक्रमण बाट बचाउनु आवश्यक छ । अहिले हाम्रो मुलुक अतिनै जोखिममा परेको हुँदा सम्पूर्ण हामी नेपाली जनताहरु एकजुट भएर कोरोनाको संक्रमण बिरुद्द जागरुक हुन जरुरत छ । 

घर भित्रनै बसौं, पारीवार भित्र सदभाब, माया र साथको आभाष गराउँ, कोरोना संक्रमण विरुद्धको लडाईमा जित हासिल गरौं। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =