प्रकाश राईलाई जिताउन कांग्रेस र समाजवादी पार्टीका तीन दर्जन युवा नेकपा प्रवेश

मंसिर १, धरान । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरानको मेयरका लागि उम्मेद्वारी दिएका सत्तारुढ नेकपाका प्रकाश राईलाई जिताउन धरानमा तीन दर्जन युवाहरु नेकपा प्रवेश गरेका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा मेयरका उम्मेद्वार राईलाई जिताउन समाजवादी पार्टीका युवा नेता रविन राईकोको नेतृत्वमा समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसका ३८ जना कार्यकर्ताहरु सत्तारुढ नेकपा प्रवेश गरेका हुन् ।
कांग्रेस र समाजवादीले केही पनि नयाँ योजना नल्याएको र ती दुवै पार्टीसँग धरानलाई समृद्ध बनाउने भिजन नभएका कारण सुझबुझका साथ नेकपा प्रवेश गरेको उनीहरुको भनाइ थियो ।

धरान नेकपा पार्टी कार्यालयमा राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरु स्वतः स्फूर्त रुपमा पार्टी प्रवेश गरेको नेकपाका युवा परिचालन समितीका सह संयोजक राजेन्द्र राईले जानकारी दिए ।
कार्यक्रममा जिल्ला सदस्य अशोक राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।








