माेदीकाे चुनावी र्याली भनिएकाे तस्बिरकाे वास्तविकता यस्ताे छ

बैशाख ५ ।  फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ । दक्षिण पन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् । 

 

धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी र्याली बताइरहेका छन् । नरेन्द्र मोदी २०१९ नामको पब्लिक ग्रुपमा एक प्रयोगकर्ताले लेखे, ‘यो पश्चिम बंगालमा भाजपाका –यालीको दृश्य हो । कूच बिहारको र्याली । आज त ममता बनर्जीको निन्द्रा नै गायब भयो होला ।’ 

null

भाजपा अध्यक्ष अमित शाहले पश्चिम बंगाल भाजपालाई राज्यको ४२ मध्ये कम्तीमा २३ सिट जित्ने लक्ष्य दिएका छन् । पार्टीका वरिष्ठ नेता अनुसार भाजपाका केन्द्रीय नेतृत्व यसपटक पश्चिम बंगालमा विशेष ध्यान दिइरहेको छ । 

तर यो भाइरल फोटो मोदीको र्याली नभएको बीबीसीले पत्ता लगाएको छ । यो तस्बिरको भारतीय जनता पार्टीको कुनै पनि कार्यक्रमसँग सम्बन्ध छैन । 

 

तस्बिरको वास्तविकताः 

पश्चिम बंगालको कूच बिहारमा मोदीले ७ अप्रिल २०१९ मा चुनावी जनसभा गरेका थिए । तर रिवर्स इमेज सर्चबाट पत्ता लागे अनुसार जुन भाइरल तस्बिरलाई मोदीको र्याली बताइएको छ त्यसलाई सन् २०१५ मा पहिलो पटक इन्टरनेटमा अपलोड गरिएको थियो । 

आफ्नो अनुसन्धानमा बीबीसीले यो तस्बिर भारतको नभई थाइल्याण्डको मध्यमा रहेको समुत साखोन प्रान्तको बताएको छ । यो तस्बिरमा बौद्ध धर्मका प्रचार–प्रसार गर्ने वेबसाइट ‘डीएमसी डट टिभी’ ले २६ अक्टोबर २०१५ मा पोष्ट गरेको थियो । डिएमसी अर्थात् ‘धम्म मेडिटेशन बुद्धिज्म’ एक मिडिया नेटवर्क हो । यो वेबसाइट अनुसार यसले बौद्ध धर्मसँग जोडिएका सांस्कृतिक कार्यक्रम सार्वजनिक गर्छ । 

करिब २० लाख बौद्धको समारोहः 

डिएमसीका अनुसार थाइल्याण्डमा बौद्ध धर्म मान्नेहरुले ‘भिक्षा–अर्पण गर्ने एउटा ठूलो उत्सव’ को आयोजना गर्छ । सन् २०१५ मा भएको यस्तै प्रकारको एउटा आयोजना थियो जसमा करिब १० हजार बौद्ध भिक्षु समावेश भएका थिए । यो कार्यक्रममा संलग्न हुनेहरुको संख्या करिब २० लाख बताइएको छ । वेबसाइट अनुसार थाइल्याण्डको ९ बढी प्रान्तका बौद्ध भिक्षु, सरकारी कर्मचारी र सैनिक यो कार्यक्रममा पुगेका थिए । 

२६ अक्टोबर २०१५ मा डिएमसी डट टिभीले यो विशाल आयोजनाको करिब ७० अन्य तस्बिर पनि पोष्ट गरेका थिए । वेबसाइटका अनुसार यो सांस्कृतिक कार्यक्रमको आयोजना समुत साखोन सेन्ट्रल स्टेडियमको अगाडिको सडकमा भएको थियो । 

गुगल अर्थ वेबसाइटको मद्दतले नै बीबीसीले ‘डिएमसी डट टिभी’ वेबसाइटका यो समारोहको लोकेशनसँग जोडिएको दाबीको पुष्टि गर्यो । बीबीसीले स्ट्रीट भ्यूमार्फत उक्त बिल्डिङबारे सर्च गर्यो जुन भाइरल तस्बिरमा देखिन्छ । 

 

पहिले पनि गरिएको थियो गलत दाबीः 

सोसल मिडियामा यो तस्बिरलाई गलत सन्दर्भसहित सेयर गरिएको यो पहिलो घटना होइन । सन् २०१८ मा पनि यो तस्बिरलाई ‘भारतीय हिन्दुको तस्बिर बताएर सेयर गरिएको थियो  तर थाइल्याण्डको यो फोटो सहित गरिएको यो सबै दाबी गलत हो । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =