सिरि ‘ए’ : उपाधि जितेको युभेन्ट्सलाई रोनाल्डोले हारबाट जोगाए

एजेन्सी । सिरि ‘ए’ को उपाधि जितेको युभेन्ट्सलाई क्रिस्टियानो रोनाल्डोले हारबाट जोगाएका छन् । शुक्रबार राति भएको डर्बी खेलमा उपाधि विजेता युभेन्ट्सले टोरिनोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । 

सिरि ‘ए’को उपाधि जितेको युभेन्ट्स शुक्रबार राति डर्बीको अवे खेलमा २४ वर्षदेखि युभेन्ट्सलाई हराउँने प्रयासमा रहेको टोरिनोलाई रोनाल्डोको गोलले असफल पारिदिए । सासा लुकिचले १८ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन ६ मिनेट बाँकि छँदा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा पुर्‍याएका थिए । यो सँगै शीर्ष स्थानको युभेन्ट्सले ३५ खेलबाट ८९ अंक भएको छ । छैठौं स्थानमा रहेको टोरिनोको समान खेलबाट ५७ अंक पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =