चितवन क्षेत्र नम्वर १ मा ८ योजना छनौट

भाद्र २६, चितवन।  चितवन क्षेत्र नम्वर १ मा तराई मधेश समृद्ध कार्यक्रमका लागि ८ वटा योजना छनौट भएका छन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट क्षेत्र नम्वर १ को खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा ३,३ वटा र राप्ती नगरपालिकामा २ वटा योजना परेका हुन् । खैरहनीको वडा नम्वर ४ मा गुरुङ सामुदायिक भवनका लागि २५ लाख,खैरहनी ७ मा थारु महिला सामुदायिक भवनका लागि २५ लाख र खैरहनी १० को एकिकृत मुसहर वस्ती निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ । 

एकिकृत मुसहर वस्ती निर्माणका लागि अघिल्लो वर्ष ६० लाख रुपैया विनियोजन भएको थियो । राप्ती नगरपालिकाको वडा नम्वर १३ मा सामुहिक आवास योजनाका लागि ५० लाख, वडा नम्वर ६ को धमौरा पश्चिम लौगांई कुलो लाईलिङका लागि ३५ लाख, रत्ननगरको वडा नम्वर १२ मा सुकुम्वासी आवासीय क्षेत्र भवन निर्माणका लागि ४० लाख, रत्ननगर ३ मा थारु महिला आमा समुह सामुदायिक भवनका लागि २५ लाख,रत्ननगर २ मा नेवा मैजु पुचको भवन निर्माणका लागि २५ लाख रुपैया विनियोजन भएको छ ।  

चितवन क्षेत्र नम्वर १ वाहेक कालिका नगरपालिकामा १,भरतपुर महानगरपालिकामा २, माडी नगरपालिकामा १ र इच्छाकामना गाउँपालिकामा १ वटा योजना परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =