नालीमा डुबेर २ वर्षीय बालिकाको मृत्यु
२०७६ असोज २७ गते

असोज २७, मोरङ्ग । मोरङमा नालीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु भएको छ ।
उर्लाबारीको वानडाँडाका कुमार मगरको २ वर्षीया छोरी निर्जला मगरको सोमबार बिहान घरछेउको नालामा डुबेर मृत्यु भएको हो ।
अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








