दुधको मूल्यमा एकैचोटी लिटरमा ६ रुपैयाँ बृद्धी

भाद्र १९, काठमाडौँ । बिहिबार सरकारले जनताले उपभोग गर्दै आईरहेको दुधको मूल्यमा एकै चोटी लिटरमा ६ रुपैयाँ बृद्धी गरेको छ ।     

दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेलेका अनुसार  महंगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरी सरकारले प्रति लिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।   

घिमिरेका अनुसार बिहिबार कृषिमन्त्री चक्रपाणि खनालले दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेता पनी बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।  उनले भने  ‘आजै कार्यालय समय सकिए पछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ । त्यसमा समय समेत तोकिन्छ’   

Image result for दुध

संस्थानका अनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले पाउनेछन् । 

यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएपछी सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।   

संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईका अनुसार शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको हो । 

नयाँ मूल्य निर्धारण भए अनुसार अब उपभोक्ताले दुध खरिद गर्दा प्रतिलिटर ७६ को हिसावले किन्नु पर्नेछ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =