‘न्यू इयर इभ’ मा जथाभाबी होहल्ला गर्ने ६० जना प्रहरी नियन्त्रणमा
२०७५ पुस १७ गते

पुस १७, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले ‘न्यू इयर इभ’ को अवसरमा जथाभावी होहल्ला गर्ने ६० जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने, अनावश्यक होहल्ला गर्ने लगायतका आपराधिक गतिविधि गर्ने ६० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
null
उनीहरुलाई दरबामार्ग र ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । आवश्यक कारबाहीको तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
२०७५ पुस १७ गते
प्रतिक्रिया








