रोशनीले नबताएको कथाः अमेरिकामा रहेका छोराछोरीले फोन गरेका छैनन्, श्रीमानले पनि ‘कुरा किन बाहिर ल्याइस् ? भनेर झपारे

असोज १७, काठमाडौँ ।  २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्‍यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै कारण उनको स्वभावमा बारम्बार अदलबदल भइरह्यो । 

कहिले कसैसँग बोलिनन्, कहिले सबैसँग झगडा गरिन् । घरमा धेरै सामान फुटे, संसद् सचिवालयका सहकर्मी रुष्ट हुँदै गए, आफन्त र नातेदार टाढिँदै गए । गहिरो प्रेममा परेर बिहे गरेका श्रीमान्को माया पनि उनी डिप्रेसनमा गएपछि बिस्तारै तैरिँदै तैरिँदै किनारा लाग्यो । ‘म त एक्ली छु, बाँच्नै मन लाग्दैन, मर्छु भनेर दुईपटक कोसिस गरें, मरिनँ,’ रोशनी शाहीले यसो भनिरहँदा अनुहार भावशून्य थियो । 

बुधबार साँझ साढे ७ बजेतिर म उनको कोठामा छिर्दा नीलो सलले टाउको बाँधेर सोफामा सुतिरहेकी थिइन् । मलाई देख्नेबित्तिकै हत्तपत्त उठेर हात जोड्न तम्सिएकी उनका हात थरथराइरहे । सोधें, ‘सञ्चो छैन ?’ उनले ‘हो’ भनेर टाउको हल्लाइन् । मलाई रोशनीसँगै कोठामा छाडेर उनका श्रीमान् चित्रजंग शाही बाहिर निस्किए । 

null

मलाई रोशनीबाट कुनै सनसनी खोज खुलासा गराउनु थिएन, न ‘मिडियामा किन बोली फेरिरह्यौ ?’ भनेर र्‍याखर्‍याख्ती पार्नु थियो । धेरै प्रमाणले उनी पीडित हुन् भन्ने आधार तयार गरिसकेको थियो । त्यही आधारमा उनीसँग कुराको सुरुवात मैले आइतबार साँझकै प्रसंगबाट गरें । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =