बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायनलाई पनि कोरोना

चैत्र ९, काठमाडौँ । बन जोभी ब्यान्डका संस्थापक सदस्य डेभिड ब्रायन पनि कोरोना भाइरसबाट संक्रमित  भएका छन् ।   

उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको सोसल मिडिया ईन्स्टाग्राम मार्फत जानकारी गराएका हुन् । ब्रायन टोनी अवार्ड बिजेता कम्पोजर र लिरिसिस्ट हुन् । 

उनले आफू  एक हप्तादेखि क्वारेन्टाइनमा रहेको र थप एक हप्ताका लागि बस्ने जानकारी दिँदै ईन्स्टाग्राममा लेखेका छन्, ‘म विगत एक हप्तादेखि बिरामी थिएँ, प्रत्येक दिन स्थिती सुधारोन्मुख थियो,’ किबोर्डिस्टले लेखे । ‘कृपया नडराउनुहोस् १ यो एउटा फ्लू हो, महामारी होइन ।’   

उनी थप्छन्, ‘जब म ठिक भएको महसुस गर्छु तब म भाइरसमुक्त भए नभएको पुष्टि गर्न पुनः परीक्षण गर्नेछु । यो अब छोटो समयमा नै समाप्त हुनेछ।।। प्रत्येक अमेरिकीको सहयोगमा ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =